गोदावरी-३ का रमेश कोली बचाऔं अभियानमा भट्टराईले गरे आर्थिक सहयोग

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-३ मालिका टोलका रमेश कोलीलाई आर्थिक सहयोग गरिएको छ । सोही वडामा रहेको मालाखेती अस्पतालका एम्बुलेन्स चालक समेत रहेका उनलाई नेपाल तरुण दल गोदावरीका सभापति रमेश भट्टराईले आर्थिक सहयोग गरेका हुन ।

भट्टराईले ठुलो आन्द्राका बिरामी रहेका उनलाई नगद रु. १० हजार रुपैया सहयोग गरेका छन । आर्थिक अभावका कारण विरामीलाई उपचारमा समस्या भैरहेको बुझेर आफुले सहयोग गरेको तरुण दलका गोदावरी नगरसभापति भट्टराईले बताए । उनले उपचारमा सहजता होस भन्ने हेतुले सहयोग गरेको बताएका छन ।

ठुलो आन्द्राको क्यान्सरको उपचारका लागि ठुलो किसीमको अप्रेशन गर्नुपर्ने र त्यसका लागि आर्थिक अभाव भएको भन्दै स्थानियहरुले उनको नाममा अभियान नै सञ्चालन गरेका छन ।

Nabadurga Sunchadi
Loading...