कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु

धनगढी : कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको बर्दगोरीया गाउँपालिका-३ रानिकुण्डाका १० वर्षीय दिपेश साउँदको मृत्यु भएको हो । उनलाई सुतेको बेला सर्पले टोकेको थियो ।

उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...