अत्तरिया : कैलालीको गेटाबाटबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन । शनिबार साँझ गोदावरी नगरपालिका-५ गेटाबाट लागूऔषध सहित धनगढी-२ का २६ वर्षीय हेमन्त कार्की पक्राउ परेका हुन ।
उनको साथबाट लागु औषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थ ५१० मिलिग्राम बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले संका लागि चेकजांच गर्दा लागू औषध बरामद गरिएको जनाईको छ ।
