कैलालीको गोदावरी आर्यघाटमा पानीको बैकल्पिक व्यवस्था

अत्तरिया : सुदुरपश्चिम प्रदेशको धार्मिक तथा पर्यटकिय स्थलमा रहेको गोदावरी आर्यघाटमा पानीको व्यवस्थापन गरिएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा रहेको गोदावरी नदीमा पानी नहुँदा आर्यघाटमा समस्या हुन थालेपछि गोदावरी नगरपालिकाले पानीको व्यवस्था गरेको हो । पानिको समस्या रहेको गोदावरी आर्यघाटमा नगरपालिकाले २ महिना अघि पानीको व्यवस्थापन गरेको थियो तर मोटर विग्रिदा पुनः पानीको समस्या सृजना भएको थियो ।

वडा नम्बर ४ का वडाध्यक्ष हेमप्रकाश मल्लले खडेरीका कारण नदीमा पानी नहुँदा लास पोल्नलाई समस्या हुन थालेपछि बैकल्पिक रुपमा पानीको व्यवस्थापन गरिएको बताए । उनले पानीको बोरिङ्ग पहिले नै हालेको र विग्रिएको अवस्थाको उक्त बोरिङ्गलाई यसपटक पुनः मर्मत गरेर सञ्चालनमा ल्याईएको बताए ।

नगरपालिकाले जडान गरेको मोटर विद्युत लाईनको भोल्टेजका कारण जलेर एक महिना नपुग्दै विग्रिएको थियो । पुनः जडानका लागि यतातिर मोटर नभेटिएर काठमाण्डौबाट मगाएको वडाध्यक्ष मल्लले बताए । उनले सानो ट्रान्समिटरले काम नगरेकाले विद्युतले ठुलो ट्रान्समिटर राखेपछि शनिबारबाट पानि सञ्चालनमा आएको बताए । मोटर बिग्रेका कारण बिचमा दुई हप्तासम्म पानिको समस्या भएको थियो ।

वडाध्यक्ष मल्लका अनुसार विद्युतका कारण मोटर जल्दा त्यसको विचको अवधीमा नगरपालिकाले सुरुमा दमकलबाट र पछिल्लो केही समय यता पानी ट्यांकर ल्याएर आगो निभाउने र चिता जलाउने काम गर्दै आएको बताए ।

Nabadurga Sunchadi
Loading...