अत्तरिया : कैलालीको गोदावरीका संस्थागत (निजी) विद्यालयहरुले ३ दिन गर्मी विदा थप गरेका छन ।
शनिबार बसेको संस्थागत विद्यालयहरुको बैठकले गर्मी कार्यमै रहेकाले २७, २८ र २९ गते विदा थप गर्ने निर्णय गरेका हुन ।
गोदावरी नगरपालिकाले गर्मी बढेको भन्दै यहि जेठ २० देखि २५ गते सम्म विदा दिने निर्णय गरेको थियो ।
२६ गते शनिबार विद्यालय बन्द रहेकोमा आज (आईतबार) देखि सामुदायिक विद्यालय भने सञ्चालनमा आएका छन ।
