जन्मदिनको अवसरमा चुरेमा बसर युवा क्लबद्वारा शैक्षिक सामग्री वितरण

धनगढी : कैलालीको चुरे गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ। चुरे गाउँपालिका-३ मा रहेको बसर युवा क्लबका अध्यक्ष गणेश देउवाले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

उनले जन्म दिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको बताएका छन। उनले चुरेको जनकल्याण आधारभूत विद्यालय,शान्तिपुर, आदर्श आधारभूत विद्यालय,सालघडी, भैरव माध्यमिक विद्यालय, अलाड, भानु माध्यमिक विद्यालय चित्रपुर, ग्वाँसी आधारभूत विद्यालय सहजपुर र समैजि आधारभुत विद्यालय, घरखेडाका विद्यार्थीलाई झोला, कापी, कलमलगायत शैक्षिक सामग्री वितरण गरेका हुन्।

गाउँपालिकामा क्लबले विभिन्न कार्यक्रमहरूसमेत सञ्चालन गर्दै आएको छ । बसर युवा क्लबले प्रदेश स्तरीय भलिबल प्रतियोगिता, स्वास्थ्य शिविर, वडा कप, गाउँपालिका भलिबल प्रतियोगिता जस्ता कार्य गर्दै आएको छ ।

Nabadurga Sunchadi
Loading...