कञ्चनपुर : नेपालका लागि इजरायली राजदूत हनान गोडरको नेतृत्वमा एक टोली हमासको कब्जामा रहेका नेपाली युवक विपिन जोशीको परिवारलाई भेट्न कञ्चनपुर पुगेको छ ।
आइतबार राजदूत गोडर र उनकाे टोलीले कञ्चनपुर पगेर विपिनको परिवारसँग भेट गरेका थिए । भेटमा राजदूत गोडरले विपिनकाे खोजी जारी राखेको जानकारी दिए ।
उनले परिवारलाई विपिनको सकुशल उद्धारका लागि इजरायली सरकार प्रतिबद्ध रहेको आश्वासन पनि दिए । गोडरले परिवारलाई ढुक्क रहन आग्रह गर्दै भने, ‘हामीले खोजी जारी राखेका छौं, ढुक्क हुनुहोस्, उहाँलाई सकुशल उद्धार गर्छौं । ’
विपिनको परिवारले राजदूत गोडरसँग विपिनको अवस्थाको बारेमा जानकारी मागेका थिए । उनीहरुले विपिनको रिहाइलाई पहिलो प्राथमिकतामा राख्न राजदूत समक्ष आग्रह गरे ।
