अत्तरिया : कैलालीको गोदावरीमा आगलागी हुँदा २ लाख बराबरको क्षती भएको छ ।
आइतबार गोदावरी नगरपालिका-४ भ्यागुतेपानीका ४ बल बहादुर ओलीको घरमा आगलागी भएको हो ।
एक तले एक कोठे टिनले छाएको कच्ची घरमा आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायतका सामानहरु जलेको प्रदशे प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
