अत्तरिया : कञ्चनपुरमा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ ।
आइतबार भिमदत्त नगरपालिका-५ बनखेत स्थित नहरमा डुबेर जाँजरकोटको शिवमितास नगरपालिका-१ सल्ला गाँउ घर भई हाल भिमदत्त नगरपालिका-५ बनखेत कृयापुत्रि भवनमा ४५ वर्षीय भुवन बुढाथोकीको मृत्यु भएको हो ।
उनले आफैले नहरमा हाम फालेको प्रहरीले जनाएको छ । नहरमा हाम फालेपछि घाइते अवस्थामा उद्दार गरिएका बुढाथोकीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
