अत्तरिया : अछामको साँफेबगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आइतबार साँफेबगर नगरपालिका-१४ पातलकोटका ४१ वर्षीयपदम बोहराको भासुबन नजिकै रहेको बिद्युतको ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
बोहरा बिद्युतको कर्मचारी नभएको प्रहरीले जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
