अत्तरिया : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित ६ जना युवायुवती पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा सञ्चालनमा रहेका दुईओटा होटलबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित ६ जना युवायुवती पक्राउ परेका हुन् ।
अत्तरियाका बिभिन्न होटलहरुमा अनैतिक क्रियाकलाप हुने गरेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले आज गोदावरी नगरपालिका वडा नम्बर २ बाट होटल सञ्चालक सहित ३ जना पुरुष र ३ जना महिलालाई पक्राउ गरेको हो ।
वडा नम्बर २ मा रहेको १ नम्बर गल्ली स्थित गुडिया होटलमा अनैतिक क्रियाकलाप गरे गराएको अवस्थामा एक जना युवक, एक जना युवती सहित होटल सञ्चालक महिला समेत गरि ३ जना लाई पक्राउ गरेको छ ।
त्यसैगरी प्रहरी टोलीले तेघरी स्थित न्यू सोल्टी होटल मा अनैतिक क्रियाकलाप गरे गराएको अवस्थामा एक जना युवक, एक जना युवती सहित होटल सञ्चालक पुरुष समेत गरि थप ३ जना पक्राउ गरेको बताएको छ ।
पक्राउ परेका माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
