कैलालीमा कुखुरा फर्म र गोठमा आगलागी

धनगढी : कैलालीमा कुखुरा फर्म र गोठमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका-१२ “डी” गाउँका ५२ वर्षीय गगन खत्रीको कुखुरा नभएको कुखुरा फर्ममा सोमवार दिउँसो आगलागी भएको हो ।

खत्रीको फर्ममा आगलागी हुँदा अन्दाजी ५ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै जानकी गाउँपालिका-५ पथरैयाका ३९ वर्षीय चक्र भुलको गोठमा बिजुलीको तार सट भएर आगलागी भएको छ । भुलको गोठमा आगलागी हुँदा गोठभित्र रहेका अन्नपात, काठ लगायतका सामान गरी अन्दाजी ८३ हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइ सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Nabadurga Sunchadi
Loading...