कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-१८ जानकी टोलका शंकर दत्त जोशी र सोही ठाउँ वस्ने २१ वर्षीय ईमानुयल राइ पक्राउ परेका छन् ।

लागूऔषध कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जोशीको घरमा खानतलासी गर्दा फेनारगन ६६ पिस र ऐक्सो जेसिक ६१ पिससहित जोशी र राइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Nabadurga Sunchadi
Loading...