कृष्णपुरको कलुवापुरका किसानलाई अनुदानमा कृषि सामग्री वितरण

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ कलुवापुरका किसानलाई अनुदानमा कृषि सामग्री वितरण गरिएकोे छ । कलुवापुरको फूलवारी महिला कृषक समूहलाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषक सामग्री वितरण गरेको हो । उक्त सामग्री शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख हेमराज ओझाले कृषक समूहकी अध्यक्ष हरिना रानालाई हस्तान्तरण गरेका हुन् ।

कृषक समुहमा आबद्ध १५ जना कृषकहरुलाई मोटर, स्प्रे टंकी, हजारी, टनेल प्लास्टिक, सँगै फलामको खम्बा, बीउबिजन लगायतका सामाग्रीहरु वितरण गरिएको छ ।

कृषि सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख ओझाले किसानलाई पचास प्रतिशत सशर्त अनुदानमा सामग्री वितरण गरिएको बताए । उनले नगरपालिका कृषि खेतीमा निरन्तर लागि परेकाले पछिल्लो समय दिर्घकालिन कृषि खेती गर्ने कृषकको लागत घटाउन, बजारमा प्रतिस्पर्धा गर्न सहज हुने गरी उक्त सामग्रीहरू वितरण गरिएको बताएका छन् । नगरपालिकाको ३ ओटा वडामा तरकारी प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको नगरप्रमुख ओझाले बताए । उनले पोली हाउस निर्माण गर्दा बार्है महिनामा खेती हुन सक्ने लक्ष्यका साथ कृषकहरुलाई पोली हाउस लगायतका अन्य सामग्री पनि वितरण गरेको बताएका छन् । उनले अनुदानमा पाएका सामग्रीहरुको किसानले उपयोग गरि लाभ लिनुपर्ने बताए ।

यस्तै नगर उप–प्रमुख द्रोपती रानाले दिर्घकालिन सँगै आधुनिक सहज प्रविधिबाट कृषि कार्यका लागि कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको बताइन् । उनले कृषि व्यापार व्यवसायमा जब सम्म थप उत्पादन बढ्दैन तब सम्म आर्थिक प्रगति नहुने भएकोले कृषि उत्पादनमा जोड दिन कृषक समूहलाई नगरपालिकाले सहयोग गरिरहेको बताईन् ।

त्यस्तै नगरपालिकाको कृषि शाखा प्रमुख लाल बहादुर धामीले अनुदानको मुख्य उदेश्य कृषि यन्त्रको आधुनिकिकरण गरि किसानको लागत घटाई उत्पादन बढाउने र किसानलाई आय आर्जनसंग जोड्ने रहेको बताए । उक्त उदेश्य प्राप्ति गर्न किसान सफल हुनेभन्दै उनले अनुदानको रकमबाट स्थाई संरचना पनि बनाउनु पर्ने शर्त शाखाले राखेको बताए । सोहि बमोजिम किसानले फलामको पोली हाउस निर्माण गरेका छन् ।

फुलबारी महिला कृषि समुहकी किसान मन्तरी चौधरीले विभिन्न समयमा नगरपालिकाले अनुदानमा बिउ लगायतका सामग्री प्रदान गर्दा आफुहरुको हौसला बढ्ने बताईन् । उनले पहिले आफु खानका लागि मात्रै तरकारी उत्पादन गर्दै आएको भएपनि पछील्लो समय व्यवसायिक रुपमा तरकारी गर्ने गरेको बताईन् ।

Nabadurga Sunchadi
Loading...