डडेल्धुरामा रोपाइँको खाना खाँदा २० भन्दा बढी बिरामी

डडेल्धुरा : डडेल्धुरामा रोपाइँको खाना खाँदा एकै गाउँका २० जनाभन्दा बढी बिरामी परेका छन् । जिल्लाको परशुराम नगरपालिका-४ कटालका २० जनाभन्दा बढी स्थानीय एकै साथ बिरामी परेका हुन् ।

जोगबुडा अस्पतालका सूचना अधिकारी जयबहादुर धामीका अनुसार बिहीबार गाउँमा रोपाइँ गर्न गएका मानिसहरूले खाना खाँदा सबै बिरामी परेका हुन् ।

रोपाइँमा गएका सबैजसो मानिसलाई झाडापखला र वान्ता हुने समस्या देखा परेको उनले बताए । बिरामी परेका २० मध्य ७ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको सूचना अधिकारी धामीले जानकारी दिए ।

बाँकीको जोगबुडा अस्पतालमा उपचार जारी छ । उनीहरूलाई फुड पोइजन भएको हुनसक्ने बताइएको छ । ल्याव टेस्ट रिपोर्ट आउन बाँकी छ।

Nabadurga Sunchadi
Loading...