बड्डीकेदार जाँदै गरेको बस सहजपुरमा दुर्घटना

अत्तरिया : कैलालीको सहजपुरमा बस दुर्घटना भएको छ ।

कैलालीबाट डोटीको बड्डीकेदार जाँदै गरेको बस सहजपुरमा दुर्घटना भएको हो । कैलालीको जोशीपुरदेखि डोटीको बडिकेदार जाँदै गरेको सु.प.प्र.०१००१ख २३४५ नम्बरको बस सहजपुर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सुपर गुरास यातायातको बस चुरे गाउँपालीका ३ सहजपुरमा दुर्घटना प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।

प्रहरीका अनुसार बस अनियन्त्रीत भएर सडकको नालामा खसेको हो । बसमा सामान्य क्षती भएपनी सवार यात्रु सकुशल रहेको बताइएको छ ।

Loading...