सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गर्दै अजयमेरुमा तालाबन्दी

अत्तरिया : डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकाको कार्यालयमा युवाहरूले तालाबन्दी गरेका छन् ।

दसैंमा सुरु भइसकेकाले समयमा नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गर्दै उनीहरूले तालाबन्दी गरेका हुन् ।

‘बुढापाका के भन्छन् हाम्रो भत्ता दे भन्छन्, कर्मचारी के भन्छन् हाम्रो तलब दे भन्छन्, कर्मचारी भर्तिले दुःख पायो अर्तिले प्रमुख अधिकृत खोई पालिका अध्यक्षको खल्तीमा’ भन्ने लगायतका पम्पलेट टाँसेर तालाबन्दी गरेका हुन् ।

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएका कारण शिक्षक तथा कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् ।

Dhangadhi 2081
Loading...