गोदावरी नगरपालिकाको १३औ नगर सभा शुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको १३औ नगर सभा शुरु भएको छ ।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको सभाअध्यक्षतामा शुरु भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्ट प्रमुख अतिथि रहेका थिए ।

नगरपालिकाले आज आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दैछ । नगर उपप्रमुख शारदा देवि रोकायाले निति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश बहादुर बम, तुलसी देवकोटा, खेमा विष्ट लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिति रहेको छ ।

अत्तरिया स्थित नमस्ते होटलको सभाहलमा कार्यक्रम सञ्चालन भईरहेको छ ।

Nabadurga Sunchadi
Loading...