कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ९७ करोड ५ लाख ६० हजारको बजेट सार्वजनिक गरेको हो । कृष्णपुर नगरपालिकाको १५ औं नगर सभाबाट आगामी आर्थिक वर्ष २०८१/८२ का लागि भत्ता रकम दुई सय प्रतिशत बढाइएको छ ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई हाल पाँच सय भत्ता दिने गरिएको छ । कृष्णपुरमा ३३ सामुदायिक विद्यालय छन् । नगर सभाबाट विद्यालयमा छात्राबास सञ्चालन, अंग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयलाई आर्थिक सहयोग गर्ने लगायतका शिक्षा सम्बन्धि कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको छ ।
आगामी वर्ष नगरपालिकाको आन्तरिक आम्दानी ६ करोड पुगाउने लक्ष्य राखिएको छ । नगर सभामा नगरप्रमुख हेमराज ओझाले नीति तथा कार्यक्रम र उपप्रमुख द्रोपती रानाले बजेट प्रस्तुत गरेकी हुन् ।