कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ

अत्तरिया : कैलालीको धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेलबाट १ ग्राम लागूऔषधसहित सोही ठाँउका २२ वर्षीय रोहित तामाङ मंगलवार दिउँसो पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

Loading...