अत्तरिया : एसइईको परिक्षामा कैलालीको गोदावरीबाट उत्कृष्ठ नतिजा ल्याएका तिन जना बिद्यार्थीहरुलाई गोदावरी नगरपालिकाले बधाई तथा शुभकामना ज्ञापन गरेको छ । गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले आज आफ्नो कार्यकक्षमै बोलाएर गोदावरीका तिन बिद्यायलबाट ४ जिपिए ल्याएका तिनजना बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेका हुन् ।
नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदा देवी रोकाया र शिक्षा शाखाले एसईईमा ४ जिपिए हासिल गरेका अत्तरिया स्थित दुर्गालक्ष्मी नमुना माविकी छात्रा नितिका अवस्थी, सत्यवती एकेडेमीका निर्मल ठगुन्ना र सैनिक आवासीय महाविद्यालय तेघरीका बिकास रावतलाई अबिर र खादा लगाएर बधाई दिदै शुभकामना व्यक्त गरेका छन् ।
नगरप्रमुख र उपप्रमुखले बिद्यार्थीहरुसंगै अभिभावक र बिद्यालयका प्रध्यानाध्यापकहरुलाई पनि अबिर र खादा लगाएर धन्यवाद ज्ञापन गरेका छन् ।
बिद्यार्थीहरुलाई बधाई दिदै नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले सुदुरपश्चिम प्रदेशमा ४ जिपिए हासिल गर्ने ६ मध्ये तीन जना गोदावरीका रहेकामा खुसी व्यक्त गरेका छन् । उनले बिद्यार्थी संगसंगै अभिभावक र शिक्षकहरुलाई धन्यवाद दिदै बिद्यार्थीहरुको उज्जवल भविष्यको शुभकामना प्रदान गरेका छन् ।
उत्कृष्ठ नतिजा ल्याएर शिक्षामा गोदावरी नगरपालिका उत्कृष्ठ रहेको भनी चिनाउन सफल बिद्यार्थीहरुप्रति आभार व्यक्त गरे । नगरप्रमुख भट्टले आज सामान्यरुपमा बधाई तथा शुभकामना दिईएको बताउदै शिक्षा शाखा अन्तर्गतको बिशेष कार्यक्रममा उत्कृष्ठ बिद्यार्थीहरुलाई सम्मान गर्ने बताएका छन् । सबैले सकारात्मक सोचका साथ सबैको समुन्वय रहेर अगाढी बढ्यौ भने हरेक कुरामा सफलता मिल्ने नगरप्रमुख भट्टले बताए।


