गोदावरी-१० मा सञ्चालित ३ महिने कम्प्युटर तालिम सम्पन्न

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० मा सञ्चालित ३ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोगमा चैत महिनादेखी सञ्चालित उक्त तालिमको आज (शनिबार) एक कार्यक्रमका बिच समापन गरिएको हो ।

वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) को सभापतित्वमा आयोजित समापन कार्यक्रमकी प्रमुख अतिथि कार्यपालिका सदस्य इश्वरी रावल रहेकी थिईन।

कार्यक्रममा तालिममा सहभागि महिला तथा किशोरीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । वडाभित्र रहेका युवायुवतीहरुलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताईएको छ ।

वडामा रहेका चेलीबेटीहरुलाई प्रविधिमा सक्षम बनाउनका निमित्त कम्प्युटर तालिमको आयोजना गरिनुका साथै वडा लागिपरेको वडाध्यक्ष शाहीले बताए । उनले विपन्न वर्गका बालबालिकाहरुले अहिलेको अवस्थामा अनिवार्य जस्तै बनेको कम्प्युटर शिक्षा हासिल गर्न सक्ने अवस्था नरहेका कारण वडा कार्यालयले आधारभुत कम्प्युटर तालिम सञ्चालन गरेको बताए ।

उनले समाज रुपान्तरणका लागि धेरै कुराको परिवर्तन गर्न आवश्यक रहेको भएपनि बजेटको अभावका कारण सबै कुरा एकैचोटी गर्न सकिने अवस्था नरहेको बताउदै उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु वडाले आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

वडाको ३ लाख बजेटमा गत वर्ष चैत देखी सुरु भएको तालिममा वडाभरीका ४५ जना युवायुवतीहरुको सहभागिता रहेको थियो । तालिमका सहभागिहरुलाई अमर राज भट्टराईले प्रशिक्षण दिएका थिए ।

Loading...