गोदावरीमा बालश्रम मुक्त स्थानिय तह घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी अन्तरक्रिया

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा बालश्रम मुक्त स्थानिय तह घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ । नेपाल सरकार,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गोदावरी नगरपालिकाको सहयोगमा ग्रामिण विकास सेवा केन्द्र बैतडीले कार्यक्रमको सहजीकरण गरेको थियो ।

गोदावरी नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका घोषणा गर्ने तयारी भईरहेको गोदावरी नगरपालिका रोजगार शाखा प्रमुख रोहित जोशीले बताए । उनका अनुसार गोदावरीमा २ सय १९ जना बालश्रमिकका रुपमा रहेका छन् । बढि जस्तो बजार एरिया र खुटिया क्षेत्रमा बालश्रमिक भेटिएको उनको भनाई छ । गोदावरीको खुटिया क्षेत्रमा १ सय १० जना बालश्रमिक रहेका छन भने वडा नम्बर ११ र १२ मा ४० जना बालश्रमिक रहेका पाईएका छन् । यस्तै अन्य १० ओटा वडाहरुमा १०\१० जना बालश्रमिकका रुपमा रहेको पाईएका रोजगार शाखा प्रमुख जोशीले बताए । उनले पुनः प्रत्येक वडामा बालश्रमिकको तथ्याङ्क संकलन गरी भेटिएका बालश्रमिकलाई व्यवस्थापनका लागि नगरपालिकाले समुन्वय गर्ने बताए ।

बालश्रम सम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै कानुनी अधिबक्ता तेजराज उपाध्यायले राष्ट्रिय तथ्याङ्क र अन्तराष्ट्रिय प्रतिवेदन अनुसार बालश्रमको समस्या जटिल बन्दै गएको बताए । उनले आगामि २०८५ साल सम्ममा नेपालबाट सबै प्रकारको बालश्रम पुर्णरुपमा निवारण गरि मुलुकलाई बालश्रम रहित बनाउने उद्देश्य रहेको बताएका छन् । पहिचान गरिएका बालश्रम लक्षित समुह अन्तर्गत घरेलु बालश्रम, लागुपदार्थ संकलन,बेचबिखन तथा ओसारपोसारमा संलग्न, होटेल तथा रेष्टुरा, ईट्टा उद्योग लगायतका क्षेत्रमा बालश्रमिक रहेका पाईएको कानुनी अधिबक्ता उपाध्यायले बताए।

अन्तरक्रिया कार्यक्रममा बोल्दै गोदावरी नगर उपप्रमुख शारदा देवी रोकायाले पहिलो दायित्व स्थानिय निकाएको भएकाले आफुहरुले बालश्रम र साहारा बिहिन बालबालिकाहरुलाई सहयोग गरिरहेको बताईन् । उनले अत्तरिया क्षेत्रमा अलपत्र अवस्थामा आमाबुवा गुमाएका थुप्रै बालबालिका भेटिने गरेको बताउदै त्यस्ता बालबालिकाहरुलाई अत्तरिया स्थित महिला तथा बालबालिका सेभ हाउसमा राख्ने गरिएको बताएकी छन् । नगरपालिकाले उक्त सेभ हाउसलाई सहजताका लागि आर्थिक सहयोग समेत गरिरहेको बताईन् ।

आज (शनिबार) अत्तरिया स्थित नमस्ते होटलमा गरिएको अन्तरक्रिया कार्यक्रममा गोदावरी नगरपालिकाका बिभिन्न वडाका वडाध्यक्ष, गोदावरी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरि दत्त भट्ट, महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी खत्री, ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रहरी नायव उपरिक्षक डिएसपी) गंगा बहादुर थापा लगायत शिक्षक, बिद्यार्थी, उद्योग बाणिज्य संघ, होटल व्यवसायी, पत्रकारको उपस्थिती रहेको थियो ।

Loading...