गोदावरी नगरपालिकाले खरिद गर्यो जेसीबी

अत्तरिया : गोदावरी नगरपालिकाले नयाँ जेसिबी खरिद गरेको छ । खरिद गरिएको जेसीबी आइतबार बिक्रेता कम्पनीले नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टलाई हस्तान्तरण गरेको छ ।

इबिडिङ मार्फत नगरपालिकाले उक्त जेसेबी खरिद गरेको हो । नगरपालिकाले ५७ लाख ५१ हजार ७ सय (भ्याट बाहेक) मा उक्त जेसीबी खरिद गरेको हो ।

जेसीबीको आधिकारिक बिक्रेता एम ए डब्ल अर्थ मुभर्स ले जिसीबी खरिद गर्ने ठेक्का पाएको थियो ।

चालू आर्थिक बर्षमा नगरपालिकाले जेसीबी र टिप्पर खरिद गर्ने निर्णय गरेको थियो।

टिप्पर यस अघि नै नगरपालिकाले खरिद गरिसकेको छ । यो संगै नगरपालिका संग अब दुई वटा जेसीबी भएका छन् ।

Loading...