गोदावरीका व्यवसायीले अब दुई वर्ष देखिको मात्रै कर तिर्नुपर्ने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा आईतबार नगरका व्यवसायीहरु र नगरपालिका विच करका बिषयमा छलफल भएको छ । नगरका व्यवसायीहरुले वडा र नगरमा व्यवसाय दर्ताको दुई वर्षको मात्रै कर तिर्नुपर्ने निर्णय भएको छ ।

करको बिषयमा गुनासो गरिरहेका गोदावरीका व्यवसायीहरुले अब दुई वर्षको मात्रै कर तिर्नुपर्ने निर्णय भएको हो । नगरप्रमुख विरेन्द्र भट्टले गोदावरीका विभिन्न व्यवसायमा आवद्ध व्यवसायीका संघसंस्थाहरुसँग गरेको छलफलमा दर्ता नगरेका व्यवसायीहरुले आर्थिक वर्ष २०७९्०८० देखिको कर तिर्नुपर्ने निर्णय भएको बताएका छन् ।

‘विगत लामो समयदेखि व्यापारीहरु करको दायरामा आउनुभएको थिएन, जसकारण उहाँहरुको क्षतिमा नगरले सहयोग गर्न नसकेको अवस्था थियो’ उनले भने ‘तर आईतबार करको मात्रा बढाउनुभन्दा दायरा बढाउने विषयमा छलफल भएको छ, त्यसका लागि व्यवसाय दर्ता नगरेका व्यवसायीहरुले वडा तथा नगरमा दर्ता गर्नुपर्ने र हामी निर्वाचित भएर आएको वर्षदेखिको कर तिनुपर्ने सहमती भएको छ।’

उनले व्यवसायीहरुले कोरोना कालदेखि नै आर्थिक समस्यामा परेको भन्दै गुनासो गरेपछि उक्त निर्णय गरिएको बताए । नगरप्रमुख भट्टले करको दायराका विषयमा नीति अवलम्बन गरेर अगाडि बढ्ने बताए । उनले त्यति गर्दा गर्दै पनि करको दायरमा नआएको खण्डमा जरिवानाको नीति पनि अवलम्बन गरिने बताएका छन् ।

यस अगाढी व्यवसायीहरुले एकमुष्ट १० वर्षदेखिको कर बुझाउनुपर्ने विषयको विरोध गरेका थिए । वडामा व्यवसाय दर्ता गर्नुपर्ने प्रावधानका बारेमा जानकारी नै नदिएर एकै पटक १० वर्ष सम्मको कर जरिवाना तिर्ने प्रावधान ल्याउँदा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने उनीहरुको भनाई थियो । आईतबार व्यवसायी र नगरपालिका विच भएको छलफलमा नगरपालिकाले व्यवसायीले उठाउँदै आएको मागमा सहमति जनाएको छ ।

Loading...