२०५५ का ‘असई साथीहरु’समुहद्धारा अत्तरियाको सेभ हाउसलाई सहयोग

अत्तरिया : नेपाल प्रहरी, प्रहरी सहायक निरीक्षक (असई) २०५५ का साथिहरुको समुहद्धारा अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग गरिएको छ ।

२०५५ का साथिहरुको २५ औं बार्षिकोत्सव ‘रजत महोत्सव’ २०८० को अवसरमा सेभ हाउसलाई खाद्यान्न सहयोग गरिएको हो ।

सुदूरपश्चिम प्रदेशमा कार्यरत पाँचौ समुहका प्रहरी सहायक निरीक्षकले राष्ट्रसेवामा खटिएको २५ बर्ष पुगेको अवसरमा सहयोग गरेको सेभ हाउसकी अध्यक्ष जानकी मलासिले बताएकी छिन ।

उनले खाद्यान्न सामाग्री अन्तरगत चामल, दाल, तरकारी सहयोग गरिएको बताइन् ।

Dhangadhi 2081
Loading...