अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा भोलि शोक बिदा

अत्तरिया : कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले भोलि (शुक्रबार) शोक बिदा दिएको छ । क्याम्पसले बिहिबार एक शोक व्यक्तव्य जारी गर्दै स्नातक तह द्धितिय सेमिष्टरमा अध्ययनरत विद्यार्थी पूर्णिमा महताको निधनको शोकमा क्याम्पसमा भोलिका लागि बिदा दिइएको हो ।

क्याम्पस प्रमुख डा.नरेन्द्र बहादुर ऐरद्धारा जारी शोक वक्तव्यमा मृतकको परिवार प्रति समवेदना प्रकट गर्दै शोकमा क्याम्पसका सम्पूर्ण पठनपाठन तथा प्रशासनिक काम बन्द रहने उल्लेख छ ।

गोदावरी नगरपालिका-३ खमौराकी २१ वर्षीय महता बुधवार राती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन । आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेकी महताको घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...