बझाङ केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प

बझाङ : बझाङ केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले गएराति १० बजेर ४ मिनेटमा बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।

बझाङ केन्द्रबिन्दु बनाएर १६ असोजमा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो।

त्यसयता बझाङ केन्द्रबिन्दु बनाए भूकम्पका पराकम्प जाने क्रम रोकिएको छैन।

Dhangadhi 2081
Loading...