पोखरामा स्कुल बस दुर्घटना हुदा एक जनाको मृत्यु, २९ बिद्यार्थी घाइते

पोखरा : पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् ।

पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो ।

बसमा चालक, २८ विद्यार्थी र एक कर्मचारी सवार थिए । रामदीबाट विरौटा फर्कने क्रममा बस घुम्तीबाट झन्डै ५० मिटर तल खसेको थियो ।

घाइतेमध्ये १४ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए । घाइतेमध्ये दुई विद्यार्थीको अवस्था गम्भीर छ ।

Loading...