गेटा अस्पतालमा सेवाको पहिलो दिन १८ विरामीको उपचार

अत्तरिया : शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा संचालित गेटा अस्पतालमा सेवाको पहिलो दिन १८ विरामीको उपचार गरिएको छ ।

ओपिडी सेवा सहित बुधवारदेखि सञ्चालनमा आएको अस्पतालमा बिभिन्न रोगका १८ जना विरामीको उपचार गरिएको अस्पतालका निर्देशक प्रमोद जोशीले बताएका छन ।

आर्थिक वर्ष २०८०\८१ को बजेटमा गेटामा एक सय शय्या क्षमताको अस्पताल संचालन गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि व्यवस्था गरिएपछि अस्पताल संचालन गरिएको थियो ।

गेटा अस्पतालबाट जनरल ओपिडी, हाडजोर्नी तथा नसारोग ओपिडी, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउन, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा ल्याइएको छ।

Dhangadhi 2081
Loading...