धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित हनुमान मन्दिरको परिसरमा निर्माणाधीन अवस्थामा रहेको लव कुश बाटिकामा वृक्षारोपण गरिएको छ ।
मङ्गलवार नगरपालिकाको सहयोगमा मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो। गोदावरीका नगर प्रमुख वीरेन्द्र भट्टले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा विभिन्न सामाजिक व्यक्ति र अत्तरियाको होलिल्याण्ड स्कुलका विद्यार्थीहरूले वृक्षारोपण गरेका हुन् ।
मन्दिर परिसरमा निर्मित बाटिकामा रुद्राक्ष, आप, अशोक, बेल, रक्तचन्दन, श्रीखण्ड, लिची, धुपी, समी लगायतका २ सय बढी बिरुवा रोपिएको हनुमान मन्दिर व्यवस्थापन समितीका अध्यक्ष नरेन्द्र बहादुर शाहीले बताए ।