नदीजन्य पदार्थ उत्खननकालागि गोदावरीमा तेस्रोपटक पनि परेन ठेक्का

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रिकालागि ठेक्का आह्वान गरेको तेस्रोपटकको समयावधी पनि सकिएको छ ।

तेस्रोपटक गोदावरी नगरपालिकाले असोज २३ गते ७ दिने सुचना जारी गरेको थियो । मगंलबारसम्म रहेको सो अवधीमा कसैको पनी आवेदन नपरेको नगरपालिकाले जनाएको छ ।

एक सूचना जारी गर्दै नगरपालिकाले खुटिया, गोदावरी र खैरानाको नदीजन्य पदार्थ उत्खनन्कालागि लागी ठेक्का आह्वान गरेको थियो ।

पहिलो पटक नगरपालिकाले भदौ ६ गते १ महिने सुचना जारी गरी ठेक्का आह्वान गर्दा ठेक्का नपरेपछी नगरपालिकाले दोस्रो पटक असोज ७ गते ठेक्का आह्वान गरेको थियो ।

दोस्रोपटक पनि ठेक्का नपरेका कारण असोज २३ गते ७ दिने सुचना जारी गरीएको थियो । तेस्रोपटक पनि ठेक्का नपरेपछी नगरपालिकाले नियमानुसार ठेक्का रकम घटाउने तयारी गरेको नगर प्रमुख विरेन्द्र भट्टले बताएका छन् ।

हिजो बुधबार बसेको कार्यपालिका वैठकमा सो बारे निर्णय भएको कति कायम राख्ने भन्ने विषयमा ईन्जिनियरहरुले अध्ययन गरीरहेको उनले बताएका छन् ।

नगरपालिकाले खुटियाको लागि न्युनतम ८ करोड ७६ लाख ७ हजार ७२८ रुपैयाँ निर्धारण गरेको छ । यस्तै खैराना र गोदावरी नदीको लागि न्युनतम ४ करोड ९७ लाख ६ हजार १५६ रुपैयाँ निर्धारण गरेको छ ।

विकास निर्माणका काम पनि ठप्प भएको र नजिकका पालिकाले नदीजन्य पर्दाथको ठुवानी सुरु गरीसकेको भन्दै ठेक्का नलाग्दासम्म असोज २२ गतेबाट नगरपालिका आफैले नदीजन्य पर्दाथ उठाउन सुरु गरीसकेको छ ।

गत आर्थीक बर्षमा नगरपालिकाले ८ पटक सम्म बोलपत्र आह्वान गर्दा पनि ठेकेदार नपाएपछि नगरपालिकाले आफ्नै कर्मचारी राखेर नदीजन्य पदार्थको रोयल्टी संकलन गरेको थियो ।

यसवर्ष पनि ठेक्कामा जाने सम्भावना न्युन देखीएको व्यवशायीले बताएका छन् ।

Dhangadhi 2081
Loading...