डोटीमा बुधवार राति एक घरमा आगलागी हुदा घर जलेर नष्ट, दुई लाख बराबरको क्षति

अत्तरिया : डोटीमा बुधवार राति एक घरमा आगलागी हुदा जलेर नष्ट भएको छ।

Godawari_Badhi

जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँ स्थित दुधपोखरीका प्रेमबहादुर रावलको घरमा आगलागी भएको हो।

दुई तले दुई कोठे खरले छाएको कच्ची घर जलेर पुर्णरुपमा नष्ट भएको छ। आगलागीबाट घरभित्र रहेका सम्पुर्ण खाद्यसामाग्री, लुगाकपडा, एक सुनको तिलहरी, नगद ८ं० हजार गरेर दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले बताए।

आगलागीबाट मानवीय तथा चौपायाको क्षति भने केहि नभएको प्रहरी निरीक्षक विष्टले बताए।

Dhn Upamahanagarpalika_Badhi
Loading...