कञ्चनपुरमा विभिन्न ब्राण्डका करिब २ लाख २५ हजार बराबरको मदिरा बरामद

अत्तरिया :  कञ्चनपुरबाट प्रहरीले मदिरा बरामद गरेको छ।

जिल्लाको भीमदत्त नगरपालीका– ९ ब्रमदेव बजार स्थित सिद्धनाथ मन्दिर परिसरका पसलबाट मदिरा बरामद गरेको हो। मन्दिर परिसर वरिपरी मदिरा बिक्री बितरण हुन्छ भनि मन्दिर दर्शन गर्ने भक्तजनहरु तथा स्थानीय ब्यक्तिहरुबाट जनगुनासो आए पश्चात प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट कमल थापाको कमाण्डमा खटीएको प्रहरी टोलीले सोही ठाउँ स्थित सिद्धनाथ मन्दिर परिसर नजिक रहेका पसलहरुमा चेकजाँच गर्दा विभिन्न ब्राण्डका करिब २ लाख २५ हजार बराबरको मदिरा बरामद गरेको जनाएको छ।

Dhangadhi 2081
Loading...