गोदावरीको सेल्फीडाँडा लाई पर्यटकीय स्थलमा विकास गरिँदै

अत्तरिया : कैलालीको गोदावरी-४ मा नयाँ पर्यटकीय गन्तव्य बिकास गर्न थालिएको छ । पहाडी क्षेत्र बुढीतोला नजिकै रहेको सेल्फीडाँडा लाई पर्यटकीय स्थलको रुपमा विकास गरिन थालिएको हो ।

सेल्फीडाँडामा प्रदेश स्तरकै पार्क निर्माण गर्न सेती सामुदायिक वन र बालग्रीस ट्रेडिङ् प्रा.लिसंगको सहकार्यमा आँप, लिची, अम्बा, सयपत्री, गुल्मोहर लगायतका फूल तथा बिरुवा रोपिएका छन् ।

गोदावरीका नगर प्रमुख बिरेन्द्र भट्टको सहभागीतामा शुक्रबार बृक्षारोपण गरिएको जो ।सेल्फीडाडाँलाई प्रदेश स्तरकै पार्कको रूपमा बिकास गरिने उनको भनाई रहेको छ ।

गोदावरी पुलबाट उकालो लागे गाडीमा करिब १० मिनेटको दुरीमा पर्ने सेल्फीडाँडामा पार्क निर्माण भएमा पर्यटकको संख्या समेत वृद्धि हुने स्थानीय को बिश्वास छ ।

अहिले उक्त क्षेत्रमा १७ हजार बिरुवा रोपण गरिएको छ ।

Loading...