बैतडीको पाताल भुमेश्वर गेट नजिकै ट्याक्टर दुर्घटना

अत्तरिया : बैतडीमा ट्याक्टर दुर्घटना भएको छ।

जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका–२ स्थित पाताल भुमेश्वर गेट नजिकै शुक्रबार बिहान सुदूरपश्चिम प्रदेश ०१–००२त ४५०५ नम्बरको ट्याक्टर शुक्रवार दुर्घटनामा परेको हो।

सतबाँझबाट पाटनतर्फ जाँदै गरेको खाली ट्याक्टर दुर्घटनामा परी सडकबाट २० मिटर तल खसेको छ।

ट्याक्टर चालक फरार रहेका अस्थायी प्रहरी पोष्ट सतबाँझले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

ट्याक्टरमा चालकमात्रै रहेका प्रत्यक्षदर्शीहरुले बताएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...