अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले भाद्र १२ गते देखी पूर्ण रुपमा प्लाष्टिकजन्य बस्तु प्रतिवन्ध लगाउने भएको छ ।
नगरपालिकाले बिभिन्न संचार माध्यमलाई उपलब्ध गराएको सुचना मार्फत प्लाष्टिकजन्य सामाग्रीहरु पूर्ण रुपमा प्रयोग तथा बिक्रि वितरणमा प्रतिवन्ध गरिने जनाएको हो ।
नगरपालिकाले ४० माइक्रोन भन्दा कमका झोलाहरु, डिस्पोजेबल वस्तुहरु जस्तै थाली, कप, थाल, गिलास, कचौरा, चम्चा, आदि , रेस्टुरेन्ट, होटलहरूमा खानाको प्याकेजिङका लागि प्रयोग गरिने प्लाष्टिकका सामानहरु लगाएतका रहेका छन ।
यस अघि पनि नगरपालिकाले ३० दिने सुचना जारी गरेर प्लाष्टिकजन्य बस्तु प्रतिवन्ध लगाउन खोजेको थियो तर उक्त उक्त निर्णय पूर्ण रुपमा कार्यान्वयन आएको छैन । नगरपालिकाले सोही अनुसार ठाउँ ठाउँमा नगरबासीलाई सचेतना गराउन होर्डिङ बोर्ड पनि राखेको छ ।