अत्तरिया : कञ्चनपुरमा आगलागीबाट दुई पशुचौपाया मरेका छन्, भने १ गाई घाईते बनेको छ।
जिल्लाको पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीका ५२ वर्षीय बलबहादुर साँउदको गोठमा बिजुलीको तार सर्ट भई बिहीवार राति आगलागी भएको हो।
अन्य मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उक्त आगलागीबाट अन्दाजी २ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ।
उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा आएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
