दार्चुला : दार्चुलामा जिप दुर्घटना हुँदा दुई जना घाइत भएका छन् । जिल्लाको महाकाली नगरपालिका-८ धौकोट सडक खण्डमा आज दिउँसो जिप दुर्घटना भएको हो ।
जिल्ला सदरमुकाम खलंगाबाट धौकोटतर्फ जाँदै गरेको म १ज २३९ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिपमा चालकसहित ६ जना सवार रहेकामा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा महाकाली-८ धौकोटका ६८ वर्षीया कुडा देवी रैखोला र ५० वर्षीय कम्मानसिंह भाट रहेका छन् ।
उनीहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । गाडी चालक २८ वर्षीय सुरेशसिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
