अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा भोली (आईतबार) सार्वजनिक बिदा दिईएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशमा मनाईने गौरा पर्वको अवसरमा बिदा दिने निर्णय गरिएको हो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज जोशीद्धारा जारी सूचनामा नगर कार्यपालिकाको यहि साउन २७ गते बसेको ११५औं कार्यपालिका बैठकले १ दिन स्थानिय विदा दिने निर्णय गरेको उल्लेख छ ।
सूचनामा गोदावरी नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, स्वास्थ्य संघसंस्था तथा बिद्यालयहरुमा स्थानीय बिदा रहने जनाईएको छ ।
साथै उक्त पर्वको अवसरमा सम्पुर्ण नगरवासिहरुमा नगरपालिकाको तर्फबाट शुभकामना समेत व्यक्त गरिएको छ ।
