बझाङको खोरी स्थित कच्ची सडक खण्डमा जिप दुर्घटना

अत्तरिया : बझाङमा जिप दुर्घटना भएको छ। जिल्लाको छविस पाथिभेरा गाउँपालिका–७ खोरी स्थित कच्ची सडक खण्डमा जिप दुर्घटना भएको हो।

Godawari_Badhi

भाडे बजारबाट बुडखोरी तर्फ जादैं गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप आज (शुक्रबार) बिहान बे्रक फेल भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

जिपमा ८ जना सवार थिए। ती मध्ये ६ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा छबिसपाथिभेरा गापालिका–७ बड्खोरीका २५ वर्षीय इनार महत, ३० वर्षीय प्रकाश धामी, २५ वर्षीय अशोक धामी, १६ वर्षीय निरज धामी, १६ वर्षीय सन्तोष धामी, ३१ वर्षीय रामबहादुर धामी रहेका छन्।

चालक बुडखोरीका ३० बर्षिय बिनोदबहादुर धामीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...