धनगढी : धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले तीज र ‘बुबाको मुख हेर्ने दिन’लाई लक्षित गरेर उपचारमा छुट दिन थालेको छ । भदौ १० गतेदेखि नै छुट योजना कार्यान्वयनमा आएको अस्पतालले बताएको छ ।
अन्य समयमा पाँच हजार ५५० पर्नेमा तीजको अवसरमा विशेष सहुलियतसहित तीन हजार आठ सय कायम गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सुविधाहरू भदौ ३१ गतेसम्म सञ्चालन गरिने भएको हो ।
महिलाहरूका लागी तीज प्याकेज अन्तर्गत गाइने कन्सल्टेन्ट, ओपिडि, सुगर जाँच, सिविसी, क्रेटिनाइन, टिएसएच, युरिन रुटिङ, प्याप स्मेर, पेटको अल्टासाउण्ड लगायतका जाँच पर्नेछन् । यो प्याकेज भदौ ३१ गतेसम्म सञ्चालन हुने छ ।
यस्तै, निसर्ग हस्पिटलले बुबाको मुख हेर्ने दिनको अवसर पारेर पनि छुटको घोषणा गरेको छ । अरू बेला ५ हजार ४५० पर्नेलाई औँसीको अवसर पारेर तीन हजार आठ सय रुपैयाँ कायम गरिएकोे छ । ‘फादर्स डे’ प्याकेजमा फिजिसियन कन्सल्टेन्ट, सिबिसि, आरबिएस, आरएफटि, टिएफटि, इसिजि, छातीको एक्सरे, पेटको एक्सरे, यूरिन रुटिन लगायतका जाँचहरू पर्नेछन् ।
१० गतेदेखि भदौ ३१ गतेसम्म अस्पतालले छुट दिने भएको हो ।