नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिमको अध्यक्षमा लेखक चयन

कञ्चनपुर : नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा गजेन्द्रदेव लेखक सर्वसम्मत चयन भएका छन् । ‘मर्यादित व्यवसाय र व्यावसायिक एकता आजको आवश्यकता’ भन्ने मुल नाराका साथ कञ्चनपुरको महेन्द्रनगरमा शनिवार भएको दोस्रो अधिवेशनबाट लेखक सर्वसम्मत चयन भएका हुन् ।

दोश्रो अधिवेशनले लेखकको अध्यक्षतामा सचीव बाहेक १६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सचीव एक पदमा भने निर्वाचन भएको थियो ।

संघको वरिष्ठ उपाध्यक्षमा जनकराज जोशी, थोक उपाध्यक्षमा टेक नारायण पौडेल, खुद्रा उपाध्यक्षमा कैलाशचन्द्र भट्ट, महासचिवमा केशव ओझा, कोषाध्यक्षमा खेमराज भट्ट र सह-कोषाध्यक्षमा वंशीधर कलौनी चयन भएको मुख्य निर्वाचन अधिकृत शिवराज पाण्डेयले बताए । सचीवमा ३७ मतका साथ मधुकर कुश्मी निर्वाचित भएका छन् ।

सचीवका प्रत्यासी प्रीतिधर भण्डारीले २१ मत प्राप्त गरेकी छन् । ६० मत खसेकोमा २ मत बदर भएका थिए । यस्तै, सदस्यमा फोनिराम चौधरी, साहिबा राना, घनश्याम कलौनी, अर्जुनसिंह कठायत, शैलेशकुमार श्रेष्ठ, जीतराज भट्ट, पुष्पराज उपाध्याय, शंकरप्रसाद शर्मा र रामबहादुर चौधरी निर्बिरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पाण्डेयले बताए ।

Loading...