मोटरसाईकलको ठक्करबाट साइकल यात्री चौधरीको मृत्यु

अत्तरिया : मोटरसाईकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।

जिल्लाको बर्दगोरिया गाउँपालिका–२ स्थित पुर्व पश्चिम राजमार्गमा बा.७८ प ३६४६ नम्बरको मोटरसाईकलले जोशीपुर गाउँपालिका–४ हस्नापुरका ३६ वर्षीय साईकल यात्री डाटाप्रसाद चौधरीलाई ठक्कर दिँदा चौधरीको शुक्रबार राति मृत्यु भएको हो।

Godawari_Badhi

ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दगोरिया अस्पताल प्रा.लि.बौनिया हुँदै निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

मोटरसाईकल र मोटरसाईकल चालक लम्कीचुहा नगरपालिका–७ का चाकावारी बस्ने २७ वर्षीय सनम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...