अत्तरिया बजारमा गोदावरी नगरपालिकाद्धारा सरसफाई (फोटो फिचर)
नगरप्रमुख भट्ट बिहानै बजारमा झाडो समातेर सरसफाईमा जुटे
अत्तरिया : कैलालीको अत्तरिया बजारमा सरसफाई गरिएको छ । गोदावरी नगरपालिकाको आयोजनामा बिभिन्न संघसंस्थाहरुको सहयोगमा सुदुरपश्चिम प्रदेशको प्रवेशद्धार अत्तरिया बजारलाई स्वच्छ र सफा राख्न बजारमा सरसफाई गरिएको हो ।
नगरप्रमुख बिरेन्द्र भट्टको अगुवाइमा नगरपालिकाका अन्य जनप्रतिनिधि, अत्तरिया उद्योग बाणिज्य संघ, युवा क्लब, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, लगायत स्थानियहरुले बजारमा सरसफाई गरेका हुन् ।
नगरप्रमुख भट्ट नगरबासीलाई सरसफाई गर्नुपर्छ भन्ने सन्देश दिनका लागि बिहानै बजारमा झाडो समातेर आफै सरसफाईमा जुटेका थिए । ‘ग्रिन गोदावरी क्लीन गोदावरी, हाम्रो नगर सफा सुन्दर शहर’ अभियान अन्तर्गत बजार सरसफाई गरिएको हो ।

नगरपालिकाले बजारमा दैनिक सरसफाई गरेर फोहर उठाईरहदा पनि चाँडपर्व नजिकिएसंगै दिनप्रतिदिन बजारमा फोहर बढदै गएपछि सरसफाई अभियान थालिएको बताईएको छ ।
