दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु By रेडियाे अत्तरिया On २०८१ भाद्र २५, मंगलवार ०७:१८ साङ्केतिक तस्विर दार्चुला : दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका-६ सिरोडाका ५५ वर्षीय विरसिँह खत्रीको भिरबाट लडेर मृत्यु भएको हो । बाख्रा चराउन गएका बेला खत्रीको गोठेउडी भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।