धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ‘रोड वासर’ सञ्चालनमा ल्याएको छ ।
उपमहानगरपालिकाले रोड वासरको पानी ट्यांकीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्ने, सडकको किनारामा रोपिएको बिरुवामा पानी हाल्ने र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्ने काम गर्ने बताएको छ । धनगढीलाई सफा बनाउन र हरियाली प्रवर्द्धन गर्न रोड वासर मेसिन खरिद गरिएको हो ।
रोड वासर मेसिनबाट आगलागीको बेला आगो निभाउन र महामारीका बेला औषधि छर्किन पनि प्रयोग हुने उपमहानगरपालिकाले जनाएको छ । कालोपत्र गरिएका सडकमा पानीको फोहरा दिएर सडक सफा गर्ने उद्देश्यले ‘रोड वासर’ खरिद गरिएको हो । ६९ लाख रुपैयाँ खर्चेर उपमहानगरपालिकाले रोड वासर मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको हो ।
नगर प्रमुख गोपाल हमालले रोड वास मेसिनले सडकको धुलो पखाल्ने, बिरुवामा पानी हाल्ने र धुलाम्य भएको बिरुवामा पानी हाल्ने काम गर्ने बताए । उनले धनगढीलाई सफा बनाउन र हरियाली प्रवर्द्धन गर्न ‘रोड वासर’ मेसिन खरिद गरिएको बताए ।
धुलाम्मे सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ल्याएको रोड वासर मेसिनको सोमबार उपमहानगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरी उप प्रमुख कन्दकला रानाले सिटी बजाउँदै हरियो झण्डा देखाएर उद्घाटन गरेकी छन ।
रोड वासर मेसिनको औपचारिकरुपमा उद्घाटनसँगै अब आवश्यकताअनुसार समय तालिका बनाएर प्रयोग गरिने धनगढी उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक अवस्थीले बताए । पानीको ट्यांकीमा धेरै प्रकारका प्रविधि जडान गरेर ‘रोड वासर’ लाई प्रयोगमा ल्याउने उपमहानगरले जनाएको छ ।