अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-५ मा रहेको सरस्वती नमूना माध्यमिक विद्यालयको २ कोठे प्रशासकीय भवनको शिलान्यास गरीएको छ ।
बुधबार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले भवनको शिलन्यास गरेका हुन । नगरपालिकाले सञ्चालन गरेको नमुना विद्यालय कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष २०८१/०८२ मा भवन निर्माण भईरहेको हो ।
एक वडा एक नमूना कार्यक्रम अनुरुप गोदावरी नगरपालिकाले २४ लाख रुपैयामा विद्यालयको २ कोठे पक्कि भवन निर्माण गरिरहेको हो । बाह्य सामग्रीहरूको लागि टेण्डर प्रक्रिया मार्फत काम अगाडि बढाउने विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीर्घराज भट्टले बताएका छन ।
शिलान्यास पश्चात बोल्दै नगर प्रमुख बिरेन्द्र भट्टले एक वडा एक नमूना बिद्यालय कार्यक्रम अन्तरगत भवन निर्माण सुरु भएको बताए । उनले विद्यालयमा विद्यार्थीको संख्या बढी भएको र भौतिक पुर्वाधार अभाव भएकाले एउटा २ कोठे प्रशासनिक भवन निर्माण गर्न लागिएको बताएका छन् ।