कञ्चनपुरमा हेलमेट भित्र लागूऔषध फेला

अत्तरिया : कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेब बजारबाट १.३७ ग्राम लागूऔषध खैरो हेरोईनसहित भीमदत्त नगरपालिका–१० का २४ वर्षीय प्रमल नाथ शुक्रवार साँझ पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय ब्रह्मदेबबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नाथले प्रयोग गरेको हेलमेट भित्र लुकाई राखेको अवस्थामा लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ।

मोटरसाईकलसहित नाथलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको ब्रह्मदेब प्रहरीले बताएको छ।

Deep Jyoti Pustak psl
Loading...