कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट अबैध सामान बरामद

अत्तरिया : कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट अबैध सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ वाणिज्य बैंकनजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १८ हजार मूल्य बराबरको लेडिज सुट, कुर्ती लगायतका सामान, धनगढी उपमहानगरपालिका–३ पुरानो भन्साररोड नजिकबाट अन्दाजी २४ हजार ८ सय ९५मूल्य बराबरको चिनी, ललिपप, सोडा, चप्पल, प्लाष्टिक झिल्ली लगायतका सामान र भजनी नगरपालिका–३ जोडी पिपलबाट अन्दाजी ३४ हजार मूल्य बराबरको चिनी, पटका लगायतका सामान गरि जम्मा अन्दाजी ७६ हजार ८ सय ९५ मूल्य बराबरको सामान शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै कञ्चनपुरको बिभिन्न स्थानबाट सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–४ बजार र भीमदत्त नगरपालिका–६ बनगाँउबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख ७९ हजार ९ सय ६१ मूल्य बराबरको चिनी, कपडा, भाडाबर्तन, बिजुलीका सामान, भीमदत्त नगरपालिका १७ बाँसखेडाबाट अन्दाजी ८ हजार मूल्य बराबरको चिनी र बेलौरी बेलौरी नगरपालिका–१ भुपु सैनिक टोल नजिकबाट अन्दाजी २६ हजार ६ सय ९६ मूल्य बराबरको बिभिन्न प्रकारको सेन्ट, स्किन क्रिम लगायतका सामान गरि जम्मा अन्दाजी ४ लाख १४ हजार ६ सय ५७ मूल्य बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Dhangadhi 2081
Loading...